अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगर प्रमुख भुसालसहित कर्मचारीलाई कोरोना भएपछि सन्धिखर्क नगरपालिका बन्द

नगर प्रमुख भुसालसहित कर्मचारीलाई कोरोना भएपछि सन्धिखर्क नगरपालिका बन्द


अर्घाखाँची – नगर प्रमुख कमलप्रसाद भुसालसहित केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।

कोरोनाको संक्रमण थप फैलन नदिन भन्दै नगरपालिकाले ४ देखि ७ माघसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । प्रमुख प्रकाशकीय अधिकृत अर्यालले सोमबार सूचना जारी गर्दै नगरपालिका कार्यालयको बैठकले ७ माघसम्म सेवा बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।

‘कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ,’ पराजुलीले भन्नुभयो, ‘नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ। शायद बाहिर परीक्षण गर्नुभएको होला ।’