अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ मा एक हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश-१ मा एक हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि


विराटनगर – प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक  हजार ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ५५७ को पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ को एन्टीजेन परीक्षण गर्दा १५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा पाँच-पाँच, भोजपुर र उदयपुरमा चार-चार, सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई, ओखलढुङ्गा, तेह्रथुम र सोलुखुम्बुमा एक-एक तथा प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी कूल सङ्क्रमितमध्ये मोरङको विराटनगरमा ३८६, बूढीगङ्गामा २२, बेलबारीमा नौ, सुन्दरहरैचामा आठ, रङ्गेली र केराबारीमा पाँच-पाँच, उर्लाबारी, कटहरी र ग्रामथानमा दुई-दुई, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा एक-एक र स्थानीय तह नखुलेका तीन, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहवीमा नौ, इनरुवामा सात, रामधुनीमा तीन, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा दुई-दुई , बर्जु र भोक्राहानरसिंहमा एक-एक जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको विर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा नौ, कमल गाउँपालिकामा पाँच, बाह्रदशी र बुद्धशान्तिमा तीन-तीन, हल्दिबारीमा दुई, कचनकवल र गौरादहमा एक-एक, इलामको चुलाचुलीमा दुई, सूर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा एक-एक, धनकुटाको धनकुटा नगरपालिकामा चार र स्थानीय तह नखुलेका एकजनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी भोजपुरको भोजपुर नगरपालिकामा तीन र ट्याम्केमैयुङमा एक, उदयपुरको त्रियुगामा चार, सङ्खुवासभाको सभापोखरीमा दुई र स्थानीय तह नखुलेका एक, ताप्लेजुङमा दुई, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेह्रथुमको लालीगुराँस र सोलुखुम्बुको नेचासल्यानमा एक-एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १८ महिलासहित ३२ जना सङ्क्रमणमुक्त भएका छन्। प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ६७ रहेको मन्त्रालयले जनाएको छ।