अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनालाई पनि कोरोना संक्रमण

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनालाई पनि कोरोना संक्रमण


काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पनि कोरोना संक्रमण भएको छ।

तीन दिनदेखि कोरोनाभाइरस (कोभिड-१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको आरटी-पीसीआर परीक्षणमा पछि कोरोना पोजेटिभ पुष्टि भएको हो ।

तिमल्सिनाका प्रेसविज्ञ अशोक पौडेलका अनुसार उहाँको स्वास्थ्यअवस्था सामान्य रहेको छ।

उहाँ हाल बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको पौडेलले बताउनुभयो।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार तिमल्सिना केही दिन निवासमै आइसोलेशनमा रहने भएका छन्।  

Skip This