अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनालाई पनि कोरोना संक्रमण

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनालाई पनि कोरोना संक्रमण


काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पनि कोरोना संक्रमण भएको छ।

तीन दिनदेखि कोरोनाभाइरस (कोभिड-१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको आरटी-पीसीआर परीक्षणमा पछि कोरोना पोजेटिभ पुष्टि भएको हो ।

तिमल्सिनाका प्रेसविज्ञ अशोक पौडेलका अनुसार उहाँको स्वास्थ्यअवस्था सामान्य रहेको छ।

उहाँ हाल बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको पौडेलले बताउनुभयो।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार तिमल्सिना केही दिन निवासमै आइसोलेशनमा रहने भएका छन्।