अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना परीक्षणको शुल्क घट्यो

कोरोना परीक्षणको शुल्क घट्यो

सरकारीमा रु.८०० र निजीमा १५०० रुपैयाँ


काठमाडौं – सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क रु.एक हजार थियो ।

यस्तै निजी प्रयोगशालामा पीसीआर टेष्टको शुल्क रु.१ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।