अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

ललितपुर महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द


ललितपुर – ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गर्ने भएको छ ।

महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार तथा होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न लागेको जनाएको छ ।

ओमिक्रोनका कारण जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा नियमित सेवा सञ्‍चालन गर्न नसकेको महानगरले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अधिकांश कर्मचारी संक्रमित हुँदा नियमित सेवा संचालन गर्न धेरै गाह्रो परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आलोपालो गरेर पनि नियमित सेवा प्रवाह गर्न सक्ने स्थिति भएन, त्यसैले, अत्यावश्यक सेवामा मात्रै केन्द्रित भयौं ।’ अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई, नगरप्रहरी रहेका छन् ।

हेर्नुस् ललितपुर महानगरको सूचना