अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि देशका विभिन्न भागमा हिमपात र वर्षा हुने

आज पनि देशका विभिन्न भागमा हिमपात र वर्षा हुने


काठमाडौं -आज देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
“आज काठमाडौंमा दिउँसो बादल लाग्नेछ । अपराह्नपछि फाटफुट वर्षाको पनि सम्भावना छ । तर, बिहान भने घाम लाग्नेछ,” मौसमविद् गंगा नगरकोटीले भन्नुभयो “राति बादल नलागेकाले आज बिहान हिजो बिहानको भन्दा चिसो महसुस हुनेछ । तर दिउँसो भने हिजोको भन्दा जोडोको महसुस कम हुनेछ ।” काठमाडौंमा आज दिउँसो तापक्रम १४ देखि १६ डिग्री सेल्सियससम्म पुग्नेछ ।

वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।