अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् एमालेले फेरि सुविधाजनक बहुमत ल्याउने आधार

यी हुन् एमालेले फेरि सुविधाजनक बहुमत ल्याउने आधार


पार्टी विचारले टिक्छ, विचारले नै फैलिन्छ । नेकपा एमाले विचार कै कारण स्थापित र बलियो बनेको पार्टी हो । नेपाली कांग्रेस बीपीको हिजोको आदर्शले स्थापित छ, आज उसको कुनै नीति विचार र सिद्धान्त छैन । कांग्रेसमा वैचारिक बहस भएको सुन्न पाइंदैन । तत्कालीन एवम् समसामयिक राजनीतिक घट्नाक्रमका बारेमा मात्रै बहसमा आउँछ कांग्रेस । उसको अरु कुनै वैचारिक एवम् सैद्धान्तिक दस्तावेज हुँदैन तर पनि कांग्रेस नेपाली समाजको बुर्जुवा अनि दलाल नकोरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने एक शक्ति हो । अर्को शक्ति नेकपा एमाले हो जो नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारको रुपमा स्थापित छ । यद्यपि नेकपा एमालेमा पनि सुधार्न पर्ने केही पक्षहरु होलान् तर सबैभन्दा धेरै नेपाली जनताको आशा, भरोसा र आस्था यसै पार्टीप्रति छ ।

नेकपा एमाले लोकप्रिय हुनुमा जबज, जनताका सेवक इमान्दार लाखौं कार्यकर्ता र पार्टीको मजबुत संगठन हो । यसको अलवा पार्टीलार्ई लोकप्रिय बनाउन नेताहरूको कुशल नेतृत्व पनि उत्तिकै महत्त्वपूर्ण छ । मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओली नेकपा एमालेका मात्रै होइनन् नेपाली जनताका आकर्षक नेताहरू पनि हुन पुगे । जसले नेकपा एमालेलार्ई उचाइ दिए, मुलुकलार्ई समृद्ध बनाउने सपना देखाए, योजना बनाए र व्यवहारबाट पनि पुष्टि गरे ।

माधवकुमार नेपालले नेकपा एमाले परित्याग गरेर अलग्गै एउटा सानो झुन्ड निर्माण गर्नुभएको छ । उहाँ कम्युनिष्ट आन्दोलनबाट च्युत भएर कांग्रेससँग बिलय हुनुभएको छ । वैचारिक रुपले कम्युनिष्टहरुको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हुन्छ । तर आज उहाँमा यति धेरै स्खलन छ की जुन कुरा आफैंले समेत पत्तो पाएको जस्तो लाग्दैन । उहाँको दिमागले यतिबेला केपी ओलीको आलोचना भन्दा भन्दा अरु केहि सोच्न सक्दैन । माधव नेपालको पाटीको नीति, विचार, सिद्धान्त, कुण्ठा, प्रतिशोध, ईर्ष्या र रिस हो त्यो बाहेक उहाँको अरु कुनै सिद्धान्त छैन । माधव नेपालको पार्टीको जन्म कम्युनिष्ट आन्दोलनलार्ई उचाइ दिन किमार्थ भएको होइन, केपी ओलीसँग प्रतिशोध साँध्न भएको हो । देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री बनाएर निकै ठुलो उपलब्धि भएको महसुस गर्दै हुनुहुन्छ र सरकारमा आफ्नो सहभागितालार्ई संगठन बनाउने हतियार ठान्नु भएको छ ।

केही महिनाको अस्थायी सत्ता देखाएर पार्टी बनाउँछु भन्ने निकै ठुलो भ्रम छ उहाँलार्ई । अन्तर्राष्ट्रिय शक्ति केन्द्रको डिजाइनमा कांग्रेसले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बनाउन उहाँलाई राम्रोसँग प्रयोग गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यस्ता पात्रहरु देखिए जसलार्ई पुँजीवादीहरुले अत्यन्त ठूलो बनाइदिने, प्रशंसा गरिदिने, पुँजीवादीहरुद्वारा लगानी गरिएका मिडियाहरुले समेत त्यस्ता पात्रहरुलाई प्रसंशाको बाढी चलाईदिने र कम्युनिष्ट आन्दोलनका विरुद्ध प्रयोग गर्ने गरे । चाहे मिखाइल गोर्वाचोभ होस या रुसी क्रान्ति अगाडि बढाउने सन्दर्भमा मेन्सेविकहरुलाई बोल्शेविकहरुका बिरुद्ध गलत प्रयोग गरिएको इतिहास किन नहोस् । माधव नेपालको पार्टीलाई जन्म दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका अध्यक्ष खुलेर नै दुनियाले देख्ने गरि लागे, अर्को पार्टी विभाजन गर्न फरक दल र ति दलका नेताहरु हाकाहाकी लागेको सायद यो पहिलो घटना हो, नियम कानुन र संविधान सबै मिचेर नेकपा (एमाले) विभाजन गरियो जुन विषय अपराधपूर्ण थियो । आफूलार्ई लोकतन्त्रको पक्षपाती ठान्ने नेपाली कांग्रेसले निकै तल गिरेर गरेको यसखालको हर्कत स्वयं कांग्रेसका लागि कलंकीत इतिहास बन्नेछ ।

नेकपा (एमाले) लार्ई विभाजन गर्न जुन जुन शक्ति जसरी परिचालित भए त्यसका आधारमा बिभाजन गर्न खोज्नुको रहस्य केहि माधव नेपालकै साथमा रहने नेताहरुले बुझ्नु भयो माधव नेपालको साथ छोडेर (एमाले) मा नै रहने निश्कर्ष निकाल्नु भयो । नेकपा (एमाले) लाई कमजोर बनाउन खोज्ने तत्वहरु मात्रै होइन माधव नेपालको नियत समेत पनि बुझ्नु भयो । जसले बुझेनन् र बुझेर पनि आफ्नो निश्चित स्वार्थ पूरा गर्न पर्ने थियो उनिहरु केहीले माधव नेपाललाई साथ दिए ।

माधव नेपालको पार्टी त्यसकारण समाप्त हुन्छ
पार्टी टिक्न विचार र विचारका आधारमा बनाइएको संगठन चाइन्छ । माधव नेपालसँग यी दुवै कुरा छैनन् । केही अवसरवादीहरु जसलार्ई राजकीय भुमिकाको जिम्मेवारी दिने प्रलोभन देखाइयो, र अवसरको खोजीमा हिंडेका केहीलाई क्षणिक रुपमा अवसर दिलाउने काम गरियो । त्यस्ता अवसरवादी तत्वहरु भरपर्दो शक्ति कहिल्यै हुन सक्दैनन्, जता अवसर पायो त्यतै घुम्दै हिंड्ने उनिहरुको नियत हुन्छ, अर्को नेकपा (एमाले) मा आफूले चाहेको जिम्मेवारी नपाएको कारण माधव नेपालको पार्टीमा लाग्ने असन्तुष्ट व्यक्तिहरु केही संख्यामा छन । पद नपाएर असन्तुष्ट हुनेहरू सधैं भर कहिँ पनि सन्तुष्ट हुन सक्दैन्, यस्ता प्रवृत्तिका मान्छेहरुलाई पार्टी होईन पद प्यारो हुने गर्दछ, उनीहरु पद तलमाथि हुनसाथ निष्क्रिय रहन्छन या पार्टी छोड्छन । यसखाले प्रवृत्तिका मानिसहरूबाट पार्टी टिकाउन सकिन्छ भन्ने अर्को भ्रम हो । बिगतमा पार्टी र आन्दोलनलाई योगदान पु¥याएका तर आज वैचारिक रुपमा नै भ्रममा रहेका अत्यन्त थोरै संख्या छन्, सबै घट्नाक्रमहरु अगाडि बढ्दै जाँदा उनीहरु भ्रमबाट मुक्त हुनेछन् र माधव नेपालको नियत र प्रवृतिलाई राम्रोसँग बुझ्नेछन त्यसपछि माधव नेपालप्रति वितृष्णा जाग्नेछ अनि आफूलाई भ्रममा पारेका कारण आक्रोश पोख्दै मुलधार नेकपा (एमाले) मा फर्कने छन् । यदि माओवादी (केन्द्र) सँग पार्टी एकता गरेर टिक्ने सोच उहाँमा छ भने दुबैको प्रवृत्तिलाई अध्ययन गर्दा बढीमा २ वर्षमा प्रचण्ड र माधव नेपाल अलग हुनेछन् किनकि दुवैको स्वभाव कसैको मातहतमा बस्न नसक्ने र म नै सर्वेसर्वा हुँ भन्ने खालको छ, बराबर हैसियतमा रहने कुरा व्यवहारमा सम्भव छैन ।

पार्टी टिक्न विचार र विचारका आधारमा बनाइएको संगठन चाइन्छ । माधव नेपालसँग यी दुवै कुरा छैनन् । केही अवसरवादीहरु जसलार्ई राजकीय भुमिकाको जिम्मेवारी दिने प्रलोभन देखाइयो, र अवसरको खोजीमा हिंडेका केहीलाई क्षणिक रुपमा अवसर दिलाउने काम गरियो ।

माओवादी केन्द्र र प्रचण्ड प्रवृत्ति
माओवादी केन्द्र जनता बिनाको जालझेल र षड्यन्त्रमा टिकेको पार्टी हो । त्यस पार्टीको धन्दा कहिले कांग्रेस र कहिले एमालेसँग टाँसिएर टिक्ने मात्रै छ । जनताको भर पर्न नसक्ने दुषित खेलका आधारमा मात्रै टिक्न खोज्ने पार्टीहरुको भविष्य हुँदैन । बेला बेलामा दस्तावेज लेखे जस्तो गर्ने, छलफल गरे जस्तो गर्ने गरेता पनि व्यवहारमा सिद्धान्तविहीहन पार्टी हो माओवादी केन्द्र । वैचारिक रुपमा स्खलित, आर्थिक रुपमा अपारदर्शी, व्यवहारमा सुविधा र सत्ताप्रतिको आशक्ति, दलाल पुँजीवादका प्रतिनिधिसँगको घनिष्ठ सम्बन्ध जस्ता प्रवृत्तिका कारणले गर्दा उ पतनउन्मुख छ । पार्टी बलियो हुन जनताको समर्थन चाहिन्छ, तिकडम र दाउपेचले सधैं पार्टी टिकाउन सकिंदैन । राजनीतिमा सक्रिय बन्न सक्ने उमेरसम्म अरु पार्टीभित्र खेल्ने, आफ्नो पार्टीमा नेतृत्व गर्न सक्ने उत्तराधिकारी सम्म तयार नगर्ने जुन प्रचण्डको शैली छ यसले निश्चित समय पछि माओवादी केन्द्र पनि समाप्त भएर जान्छ भन्ने निश्चित छ ।

नेपाली कांग्रेससँग देश बनाउने कुनै भिजन छैन, प्रत्येक पटक सरकारमा रहँदा सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने, कमिसनमा रमाउने पार्टी हो नेपाली कांग्रेस तर पनि यो पुरानो पार्टी भएकाले कांग्रेसबाट केही आशा नगरे पनि कांग्रेस बनेर बस्ने जुन संख्या छ त्यसैले कांग्रेसलाई टिकाइ रहेको छ । कांग्रेस स्थापित हुनुका पछाडि विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुको हिजोको योगदान पनि हो ।

सबैभन्दा बढी जनताको विश्वास र आस्था आज नेकपा (एमाले) सँग छ, सबैको कामलार्ई राम्रोसँग नियालेका नेपाली जनताले नेकपा (एमाले) सँग अरु कसैको तुलना हुन नसक्ने निश्कर्ष निकालेका छन् । सबै पार्टीका नेताहरूको नेतृत्व क्षमतालाई समेत गहिरो गरि बुझेका जनताले एमाले अध्यक्ष केपी ओली जत्तिको अब्बल क्षमता अरु कसैसँग छ भन्ने ठानेका छैनन । त्यसैले नेकपा (एमाले) ले अझै उचाइ प्राप्त गर्दै जाने निश्चित छ । अहिलेको पाँच दलीय गठबन्धनको सरकार जति धेरै दिन टिक्छ त्यति नै जनताका लागि बोझ बन्छ ।

नेपाली कांग्रेससँग देश बनाउने कुनै भिजन छैन, प्रत्येक पटक सरकारमा रहँदा सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने, कमिसनमा रमाउने पार्टी हो नेपाली कांग्रेस तर पनि यो पुरानो पार्टी भएकाले कांग्रेसबाट केही आशा नगरे पनि कांग्रेस बनेर बस्ने जुन संख्या छ त्यसैले कांग्रेसलाई टिकाइ रहेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएर नत कांग्रेस कहिल्यै बलियो बनेको इतिहास छ न देशले कुनै उपलब्धि हासिल गरेको छ । नेकपा (एमाले) जनता बीचमा लैजाने थुप्रै मुद्दाहरु छन् । त्यसैले अझै सुदृढ बनाउन सक्ने अवस्था रहन्छ ।

जहाँ सम्म माधव नेपालको पार्टीमा लागेका मान्छेहरु छन ती मान्छेहरुलाई बर्गीकरण गरेर हेरिनु पर्छ । स्वार्थी एवम् अवसरवादीहरुलाई कहियै ढोका खुला राख्न हुँदैन र उनीहरुलाई पार्टीमा फर्काउन कुनै जरुरी पनि छैन । उनीहरु पार्टी र आन्दोलनका भरपर्दा शक्ति होइनन् उल्टै आन्दोलनलाई कमजोर बनाउने धमिराहरु हुन् । तर हिजो पार्टीमा योगदान गरेका तर आज भ्रममा परेका या पारिएकालाई वास्तविक कुरा बुझाएर एमालेमा फर्काउन कोसिस गर्न पर्नेछ । यद्यपि केहि समयको अन्तरालमा त्यस्ता मान्छेहरु आफैं फर्कने छन् तर आफैं स्वतःस्फूर्त रुपमा कुरा बुझेर फर्कन केही समय लाग्न पनि सक्ला भन्ने कुरा हेक्का राख्दै समयमा नै उनीहरुलाई भ्रम मुक्त पार्न ध्यान दिन आवस्यक छ । आज नेकपा (एमाले) को संगठन तल तल सम्म फैलिएको छ र कार्यकर्ता उत्साहित पनि छन् । नेकपा (एमाले)ले आफ्नो शक्तिलाई विश्राम लिन नदिइकन परिचालन गर्दा आगामी निर्वाचनमा सुविधाजनक बहुमत ल्याउने निश्चित छ ।

नेउपाने नेकपा (एमाले)बाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।