अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलको प्रश्न :शेरबहादुर नेपालको प्रधानमन्त्री कि विदेशीको ?

भीम रावलको प्रश्न :शेरबहादुर नेपालको प्रधानमन्त्री कि विदेशीको ?


काठमाडौं -नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्री कि विदेशीको भन्दै गम्भीर प्रश्न तेर्स्याएका छन्।
एमसीसी अनुमोदन गर्नुहुँदैन भन्ने जनताको दवावलाई वेवास्ता गरेर विदेशीसामु घुँडा टेकेको रावलको आरोप छ।

एमसीसी पास नभए गठबन्धन भंग गर्ने प्रधानमन्त्रीको चेतावनी आएको समाचार सार्वजनिक भएपछि रावलले प्रधानमन्त्री देउवाले जनतालाई जवाफ दिनुपर्ने बताएका छन्।

‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे’ रावलले ट्विट गरेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीकोरु जनतालाई जवाफ दिनुहोस्।’