अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज हिमपातकाे सम्भावना, भाेलि यी प्रदेशमा वर्षा हुने

आज हिमपातकाे सम्भावना, भाेलि यी प्रदेशमा वर्षा हुने


काठमाडाैं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । ‍

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।