अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश अधिवेशन प्रतिनिधि छान्न एमाले दैलेखमा चारजना संयोजक तोकिए

प्रदेश अधिवेशन प्रतिनिधि छान्न एमाले दैलेखमा चारजना संयोजक तोकिए


सुर्खेत – नेकपा एमाले दैलेखले कर्णाली प्रदेशको अधिवेशनका लागि प्रतिनिधि छान्न संयोजक तोकेको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रका चारवटै प्रदेशसभा क्षेत्रमा संयोजक तोकेको हो ।

सचिवालय बैठकले चारै प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयनका लागि संयोजक तोकिएको हो ।

निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा ‘क’ संयोजक विष्णु रेग्मी, प्रदेश सभा ‘ख’ संयोजक प्रेम थापा चयन भएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर दुई प्रदेश सभा ‘क’ मा तिलक रिजाल र ‘ख’ मा बखत भण्डारी संयोजकको रुपमा चयन भएका छन् ।