काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीका विषयमा जे मन लाग्छ त्यही निर्णय गर्न सत्ता गठबन्धनलाई सुझाव दिनुभएको छ।
एमसीसी सम्झौताको सुरुवात गर्ने पार्टीहरू नै अहिले सरकारमा रहेकाले यो विषयमा प्रतिपक्षी एमालेलाई नसोध्न पनि बास्कोटाले सुझाउनुभएको छ ।
‘झाडीमा फस्या बाह्रसिंगा जस्तो छ परमादेशी गठबन्धन, उल्टै एमसीसीबारे एमालेमाथि प्रश्न गर्छ,’ बाँस्कोटाले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सुरुदेखि नै यो परियोजना आरम्भ गर्नेहरूकै सरकार छ। एमसीसीलाई घरेलु राजनीतिको विषाक्त हतियार बनाउनेहरूले जे निर्णय लिनु छ सो निर्णय लिए भैगो नि ? बेकारमा किन क्याऊॅं क्याऊॅं गरिबसेका हुन् ।’
प्रतिक्रिया