अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थ मन्त्रालयका सहसचिव दंगाल सचिवमा बढुवा

अर्थ मन्त्रालयका सहसचिव दंगाल सचिवमा बढुवा


काठमाडौं – अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा हुनुभएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवामा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको सचिवमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

समितिले सचिवमा बढुवाका लागि पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।