अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी (फोटो फिचर)

युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी (फोटो फिचर)


काठमाडौं – नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ ।

युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो ।

यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको थियो ।  

तस्वीरहरु हेर्नुहोस्: