अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी जेठ ४ मा चुनाव गर्नैपर्छ : अध्यक्ष ओली

आगामी जेठ ४ मा चुनाव गर्नैपर्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताउनुभएको छ ।

आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो ।

‘निर्वाचन सम्बन्धमा हामीले सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

अध्यक्ष ओलीले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ चैत्रमा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको आरोप लगाउनुभयो । यसै सन्दर्भमा ओलीले २४ लाख खोप हराउनु ख्यालठट्टा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हरायो भन्नु हास्यास्पद र गम्भिर रहेको बताउनुभयो ।