काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले काठमाडौं त्रिचन्द्र क्याम्पसअगाडि आज पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन् ।
सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मट्टीतेल प्रतिलिटर रु.३ ले वृद्धि गरेको थियो।
यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ ।







प्रतिक्रिया