अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय प्रचार विभागमा ९ जना मनोनीत (नामावलीसहित)

एमाले केन्द्रीय प्रचार विभागमा ९ जना मनोनीत (नामावलीसहित)


काठमाडौं – नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ सदस्य मनोनीत गरेको छ ।

आज भक्तपुरको कौशलटारस्थित जर्मन होम्समा आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा  ९ जना सदस्य मनोनीत गरेको हो ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल हुनुहुन्छ । आजको बैठकले ९ जना सदस्य थप गरेको हो ।

थपिएका सदस्यहरुमा गगन बिष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, चेतन अधिकारी, निर्मला शर्मा, उजिर मगर, टीका बिष्ट, महेश दास र रोशन खडका हुनुहुन्छ ।

आज मनोनीत भएका सवै सदस्यहरु प्रेस चौतारी नेपालका वर्तमान तथा पूर्वपदाधिकारी, एकता प्रक्रियामा सहभागी भएका प्रचार क्षेत्रका नेता हुनुहुन्छ ।