अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीका बारेमा गठबन्धनको छटपटाहटमा बास्कोटाको व्यँग्य :‘देख तेरा तमासा !’

एमसीसीका बारेमा गठबन्धनको छटपटाहटमा बास्कोटाको व्यँग्य :‘देख तेरा तमासा !’


काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले काँग्रेस,माओवादी आफैंले भित्र्याएको एमसीसीमा अनेक बखेडा झिकेर बर्बराइरहेको बताउनुभएको छ ।


एमसीसी ल्याउदा सत्ताका लागि चिम्टा जस्तो भएको अहिले त्यही एमसीी उनीहरुलाई सनासोे भएको बास्कोटाको तर्क छ ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने बनाएको उल्लेख गर्नुभएकाो छ ।

‘एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन् ,बहुमत उनैसँग छ’ बास्कोटा लेख्नुहुन्छ ‘सेप्टेम्बर ३ को कायनबाचा उनैले ग¥या हुन् । द्विपक्षीय बिषय,बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ,आज आफैंलाई सनासो भो । कस्लाई थाहा छैन र ?देख तेरा तमासा!’