अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपुरमा माओवादी र कांग्रेसका पाँचसय नेता कार्यकर्ता एमाले प्रवेश

नवलपुरमा माओवादी र कांग्रेसका पाँचसय नेता कार्यकर्ता एमाले प्रवेश


एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रविन्द्र अधिकारी, कृष्ण पौडेल, प्रदेश सचिवालय सदस्य रोशनबहादुर गाहामगरले उनीहरुलाई टिका खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।

कावासोती– नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस परित्याग गरि पाँच सय नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) नवलपुरको कार्यालय उदघाटन तथा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) नवलपुरका सचिवालय सदस्य नारायण प्रसाद लोहनी, पूर्व पिएलएका सदस्यहरु सहित माओवादीका तीन सयको संख्यामा कार्यकर्ताहरु र त्यस्तै नेपाली कांग्रेसबाट दुई सयको संख्यामा एमाले प्रवेश गरेका हुन् । एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रविन्द्र अधिकारी, कृष्ण पौडेल, प्रदेश सचिवालय सदस्य रोशनबहादुर गाहामगरले टिका खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।

कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र गैंडाकोट नगरपालिकाबाट उनीहरु एमाले प्रवेश गरेका गरेको एमालेका युवा नेता एवम् जिल्ला कमिटी सदस्य विद्रोही गिरीले जानकारी दिनुभयो । एमालेको राष्ट्रियता प्रतिको अडान र विकासको मोडेल मन परेर एमाले प्रवेश गरेको नारायणप्रसाद लोहनीले बताउनुभयो । फागुनसम्म एमाले प्रवेशको अभियान सञ्चालन गर्ने पार्टीको निर्देशन अनुसार एमाले नवलपुरले पार्टी प्रवेश अभियानलाई निरन्तरता दिने एमाले नवलपुर अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो । सोही अवसरमा जनवर्गीय संगठनहरुले रक्तदान कार्यक्रम गरेका थिए ।