अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यति एयरलाइन्सका अध्यक्ष शेर्पाद्वारा अकोन्कागुवा हिमाल आरोहण

यति एयरलाइन्सका अध्यक्ष शेर्पाद्वारा अकोन्कागुवा हिमाल आरोहण


काठमाडौं – यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोना शेर्पाले अर्जेन्टिनाको ६ हजार ९६२ मिटर उचाइको अकोन्वागुवा हिमालको सफल आरोहण गरेका छन् ।

शेर्पाले जनवरी २४ तारिख बिहान ११:३० बजे माउन्ट अकोन्कागुवा हिमालको आरोहण गर्नुभएको हो । सो हिमाल दक्षिण अमेरिकाकै अग्लो हो ।

सोलुखुम्बका स्थायी बासिन्दा शेर्पाले हालसम्म विश्वका उच्चमध्येका ६ वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ । दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल आरोहण गरेका शेर्पाले अबको लक्ष्य सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

थामसेर्कु ट्रेकिङ तथा पर्वतारोहण समूहका समेत प्रमुख रहेका शेर्पालाई यती यरलाइन्सले पछिल्लो सफल आरोहणका लागि बधाई दिएको छ ।