अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमतपार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला

जनमतपार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला


बुटवल – बुटवलमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला जलाएका छन् । सरकारले किसानका माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका धकधई, बनगाईलगायतका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत,कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका माग सरकारसँग राखेको थियो ।

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई किसानका समस्या, नागरिकता समस्या लगायतका मागहरु समेटिएको ज्ञापनपत्र बुझाए पनि सरकार मागहरु सम्बोधन गर्नुको साटो उल्टै आन्दोलन दबाउन लागेको जनमत पार्टीको आरोप छ ।