अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार राईको निधनप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

पत्रकार राईको निधनप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त


काठमाडौँ – नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो ।

हृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पु¥याएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ बजे निधन भएको थियो । लामो समयदेखि काठमाडौँमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । 

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार राईको  निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहेनती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ ।’

Skip This