अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका

घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका


बागलुङ – बागलुङ बजारस्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणका लागि जग खन्ने क्रममा सडकमा क्षति पु¥याए ।  डोजर प्रयोग गरेर घरको जग खन्दा भर्खर मात्रै कालोपत्र गरेको सडक उप्कियो, अहिले चार तलाको घर सम्पन्न भइसक्यो तर सडकको खाल्टा जस्ताको तस्तै छ । खाल्टोमा पानी जमेर यात्रुलाई सास्ती पुगेको छ ।

सडकमा क्षति पु¥याएर घर निर्माण सम्पन्न दिँदासमेत केही कारबाही नगरेर धरौटी रकम फिर्ता गरेको नगरपालिकाले सडकमा क्षति नपु¥याउने घरधनीलाई समेत एउटै नियम बनाएर अघि बढेको पाइएको छ । गत असारदेखि धरौटी रकम शत्प्रतिशत नै जफत गर्ने निर्णय नगर कार्यपालिकाले गरेको छ । गुमेको राजस्व फिर्ता ल्याउने र राजस्वको दायरा बढाउन नसकेको नगरपालिकाले रकम भने जफत गर्ने नीति ल्याएको घरधनीको आरोप छ ।

घर निर्माण गर्दा सडकमा क्षति नपु¥याउने घरधनीको रकमसमेत नगरपालिकाले जफत गर्ने नीति व्यावहारिक नभएको घरधनी आशिष राजभण्डारीले बताउनुभयो । ‘नगरपालिकाले धरौटी भनेर लिइसकेपछि पूरै रकम फिर्ता हुनसपर्दछ,’ उहाँले भन्नुभयो । सडकलाई कुनै क्षति नगरी घर निर्माणपछि धरौटी रकम जफत गर्ने विषय घरधनीको रकम कुम्ल्याउने नगरपालिकाको योजना पाइएको तुलसी शर्माले गुनासो गर्नुभयो ।

‘नगरपालिकाले जनप्रतिनिधिको सेवा बढाउन, सवारी साधन खरिद गर्नका लागि घरधनीको धरौटी रकम जफत गरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाले तोकेको नक्सापास शुल्क तिरेर घर निर्माणपश्चात् धरौटी रकम लिन आउँदा जफत गर्ने कुरा असान्दर्भिक छ ।’ राजस्वको मुख्य स्रोत ढुङ्गा तथा गिट्टी बालुवाको अवैध दोहन तथा चोरी भइरहेको टुलुटुलु हेर्ने नगरपालिकाले घरधनीसँग लिइएको धरौटी जफत गर्नुले नगरपालिकाको नियतमा खोट देखिएको घरधनीहरुको आरोप छ ।

धरौटीबापत लिइएको जुनसुकै रकम फिर्ता गर्नुपर्ने कानुन विज्ञहरुको भनाइ छ । नगरपालिकाले धरौटीबापत लिएको रकम घरधनीले सडक तथा नालीमा क्षति नपु¥याएको खण्डमा फिर्ता गर्नुपर्ने अधिवक्ता केशवराज पराजुलीले बताउनुभयो । ‘धरौटीबापत नगरपालिकाले लिएको रकम सडकमा क्षति पु¥याएको खण्डमा नगरपालिकाले क्षतिको मूल्याङ्कनपश्चात् घरधनीको धरौटीबाट कटाउनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘घर निर्माण गर्दा कुनै क्षति नै नपु¥याएको अवस्थामा नगरपालिकाले पूरै रकम घरधनीलाई फिर्ता गर्नुपर्दछ ।’ नियमभित्र रहेर घर निर्माण सम्पन्न भइसक्दा धरौटीबापतको रकम नगरपालिकाले फिर्ता गर्नुपर्ने उहाँको तर्क छ । घर निर्माण गर्दा सडकमा क्षति पु¥याउने र नपु¥याउनेलाई नगरपालिकाले एउटै नियम लागू गर्न नमिल्ने नगरपालिकाकै कर्मचारीहरु बताउँछन् । नगरपालिकाले कुन घरधनीले घर निर्माण गर्दा सडकमा क्षति पु¥याएको तथा नपु¥याएको, मापदण्डअनुसार घर बने नबनेको अवलोकन गर्नका लागि कर्मचारी खटाउन नसकेको घरधनीको आरोप छ ।

असारअघि धरौटीको ५० प्रतिशत रकम फिर्ता गर्दै आएको नगरपालिकाले  असारपछिको सम्पूर्ण धरौटी रकम सडक मर्मत कोषमा जम्मा गर्न थालेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउदनुभयो । ‘नगरपालिकाले धरौटीबापत घरधनीबाट लिएको रकम सडक मर्मत कोषमा जम्मा गर्ने गरी नगरकार्यपालिकाबाट निर्णय भएको हो,’ उहाँले भन्नुभयो, ‘कसैले घर निर्माण गर्दा क्षति पु¥याएमा हामीले नै मर्मत सम्भार गर्नेगरी धरौटी रकम जफत गर्न थालिएको हो ।’