अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान


काठमाडौं – निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ।

आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो।

निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि पाँच दिनभित्र आवेदन दिन सक्ने उल्लेख छ। आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ।