अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीमा प्रचण्ड धोकाको ‘साइड इफेक्ट’: स्थानीय चुनाव घोषणा, देउवाद्वारा चुनावी गठबन्धन खारेज

एमसीसीमा प्रचण्ड धोकाको ‘साइड इफेक्ट’: स्थानीय चुनाव घोषणा, देउवाद्वारा चुनावी गठबन्धन खारेज


काठमाडौं– दुई दिनदेखि नेपाली राजनीतिले फटाफट फरक कोर्ष लिइरहेको छ । खासगरी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा सत्तारुढ पार्टीबाट असहयोग भएपछि प्रधानमन्त्रीले चुनावी पाइला चाल्नुभएको छ ।

एमसीसीमा सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो मापदण्ड लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिलाई आफ्नो बाटोमा छाडिदिनुभएको छ । प्रधानमन्त्री देउवासहित संयुक्त पत्र लेखेर एमसीसी पारित गर्ने वचन दिनुभएका दाहाल पछि हटेपछि देउवा आक्रामक बन्नुभएको छ ।

एमसीसीमा पार्टीभित्र सहमति जुटाउन नसक्नुभएका दाहालले चुनावमा घट्दो जनमतलाई थप क्षति हुन नदिन पछि हट्नुभएको थियो । एमसीसीले पत्र सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतलाई साथमा लिएर चुनावको बाटो तय गर्नुभएको छ । त्यतिमात्र होइन प्रधानमन्त्रीले सत्तारुढ प्रमुख घटक माधवकुमार नेपालको समर्थनको बेवास्ता गरिदिनुभयो ।

दाहाल र एमालेबाट सानो समूहसहित अलग हुनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्षपछि चुनाव सार्न दिएको दबाब देउवाले अस्वीकार गर्नुभएको छ । देउवाको ‘मुभ’बाट स्पष्ट चित्र देखिएको छ कि नेपाली कांग्रेस सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी सहकार्य गर्न अनिच्छुक छ । देउवाले चुनावी गठबन्धन खारेज गर्नुभएको छ ।

दाहाल र नेपालले तीन महिनाअघि नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग चुनाव सार्न प्रस्ताव गर्नुभएको थियो । तर, विद्यमान कानूनले एक दिन पनि स्थानीय तहमा जनप्रतिनिधि रिक्त हुन नदिएकाले थपलियाले मान्नुभएको थिएन । प्रधानमन्त्री देउवालाई जसोतसो मनाए पनि प्रमुख विपक्षी दल नेकपा एमालेको दबाब, स्वयं नेपाली कांग्रेसका नेताहरुको चुनावप्रतिको अडानले दाहाल र नेपालको केही चलेन ।

एकीकृत समाजवादी अध्यक्ष नेपालले त अर्कोवर्षको फागुनसम्म चुनाव धकेलिने सार्वजनिक कार्यक्रममै भन्नुभएको थियो ।

२०७४ को स्थानीय चुनावमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन त्याग गर्नुभएका प्रधानमन्त्री देउवा पुनः त्यही असजस दोहो¥याउने मुडमा देखिनुहुन्न । त्यसमाथि सभापतिका निटकतम् प्रतिद्वन्द्वी शेखर कोइराला, जोडी महामन्त्रीदेखि कांग्रेसका नेताहरु एकल प्रतिस्पर्धाको पक्षमा हुनुहुन्छ ।

एमसीसी प्रकरणले धरमराएको सत्ता गठबन्धनको आगामी यात्राको स्पष्ट चित्र केही सातामै देखिने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।