अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो दुधको मूल्य

बढ्यो दुधको मूल्य


काठमाडौं – दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य बढाएको छ । डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँ बढाइएको जनाएको हो ।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागु भएर प्रतिलिटर ८५ रुपैयाँ भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो ।
बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौं उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम भएको छ ।

यसअघि काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० रुपैयाँ तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर रु दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।
यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६।५२ रुपैयाँ वृद्धि गरी ५६।०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९।५२ रुपैयाँ थियो ।

किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य आजदेखि लागु हुने डीडीसीले जनाएको छ ।