काठमाडौं – सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट आज सहसचिवहरुको सरुवा गरेको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार अर्थ मन्त्रालयमा नयाँ सहसचिवहरु आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट टंकप्रसाद पाण्डे अर्थ मन्त्रालयमा आएका छन्। गृहबाट राजेश्वर ज्ञवाली, प्रदेश १ को लोकसेवाबाट यज्ञराज कोइराला, सुदूरपश्चिम प्रदेशबाट ढुण्डी प्रसाद निरौला अर्थ मन्त्रालय तथा मातहतको निकायमा सरुवा भएका छन्।
अर्थ मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल संघीय मामिला मन्त्रालयको अतिरिक्त सेवामा सरुवा भएका छन् ।
हेर्नुहोस् सरुवाको सूची







प्रतिक्रिया