अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम चार प्रदेशका केही स्थानमा हल्का वर्षा,तीन वटामा सफा

आजको मौसम चार प्रदेशका केही स्थानमा हल्का वर्षा,तीन वटामा सफा


काठमाडौं- देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र तराईका केही भू–भागमा हुस्सु लागेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले‍ जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविद्ले जानकारी दिएका छन् ।