अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनाव : भोलिदेखि दल दर्ता

स्थानीय चुनाव : भोलिदेखि दल दर्ता


काठमाडौं – निर्वाचन आयोगले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दल दर्ताका लागि आह्वान गरेको छ।

आज सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।

दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।