अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा पाँच दलीय गठबन्धन बैठक जारी

बालुवाटारमा पाँच दलीय गठबन्धन बैठक जारी



काठमाडौं – सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्‌बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरअघि सुरु भएको हो।

प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

पछिल्लो समय एमसिसी संसदबाट पारित गर्ने-नगर्नेबारे गठबन्धनभित्र मतभेद देखिएको छ।

पाँच दलमध्ये कांग्रेस मात्रै एमसीसी संसदमा लैजाने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एमसीसी यथाअवस्थामा पारित गर्न नहुने पक्षमा छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा नेपाल एमसीसी खारेज गर्ने पक्षमा छ।

प्रधानमन्त्री देउवाले कुनै हालतमा एमसीसी संसदमा पेश गर्ने अडान लिएपछि अहिले पाँच दलीय गठबन्धन संकटमा परेको छ। 

सत्ता गठबन्धनको बैठकअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूबीच छलफल भएको थियो। छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन जोगाउनमै हुने बताउनु भएको थियो ।