अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी जसरी पनि संसदमा पेश गर्छौं : प्रधानमन्त्री देउवा

एमसीसी जसरी पनि संसदमा पेश गर्छौं : प्रधानमन्त्री देउवा


काठमाडौं – पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताउनुभयो ।

आज साँझ बालुवाटारमा भएको बैठकमा उहाँले गठबन्धनका शीर्ष नेतारहरुसँग एमसीसी सम्झौता जसरी पनि पेश गर्ने बताउनु भएको हो । ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ’ देउवाको भनाइ उधृत गर्दै एक नेताले बताउनुभयो ।

प्रधानमन्त्री देउवाको भनाइमा जोड दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौता कम्तीमा संसदमा टेबल हुन दिन आग्रह गर्नुभयो । उहाँले गठबन्धन पनि जोगाऔं र कम्तीमा एमसीसी टेबल गरौं एक नेताले बताउनुभयो ।

तर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका थिए । त्यसपछि गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।