अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविको तालाबन्दी खोलेर शैक्षिक गतिविधि सुचारु गर्न अनेरास्ववियुको माग

त्रिविको तालाबन्दी खोलेर शैक्षिक गतिविधि सुचारु गर्न अनेरास्ववियुको माग


काठमाडौं – अनेरास्ववियुले त्रिभूवन विश्वविद्यालय केन्द्रीय निकायहरुमा भएका तालावन्दी तत्कालन खोल्न कुलपति एवं प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्ट र संयोजक अम्मरराज जोशीले एक विज्ञप्ती जारी गरेर सो माग गर्नुभएको हो ।

विश्व विद्यालयमा लगाइएको तालावन्दी वार्ता र सहमतीका आधारमा तुरुन्त खुला गरी सबै शैक्षिक गतिविधि सहज ढंगले सञ्चालन गर्न अखिलले कुलपति र सहकुलपतिसँग माग गरेको हो । ‘अनेरास्ववियूको पहल कदमी र सम्मानित सर्वोच्च अदालतको आदेश अनुरुप त्रिवि सेवा आयोगले प्रकाशित कार्य तालिका अनुसार उपप्राध्याक लगायत अन्य विज्ञापनको निर्धारित समयमै परीक्षा सञ्चालन गर्न समेत अनेरास्ववियू जोडदार माग गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।