अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशमा एमालेले सुरु गर्‍यो ​​​​स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम

बागमती प्रदेशमा एमालेले सुरु गर्‍यो ​​​​स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम


​​​​​​​काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रित बागमती प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आज काठमाडौंमा प्रारम्भ गरेको छ ।

केन्द्रीय पार्टी स्कुल विभाग, केन्द्रीय स्थानीय तह विभाग र केन्द्रीय निर्वाचन विभागको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको व्यवस्थापन पार्टीको बागमती प्रदेश कमिटीले गरेको छ ।  

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी पूर्णत: निर्वाचन केन्द्रित हुनुपर्ने बताउनु भयो । सङ्घीयता र लोकतन्त्रको आधार स्थानीय तह भएकोले स्थानीय तहको ठूलो महत्त्व रहेको बताउनु भयो ।

उपाध्यक्ष शाक्य भन्नुहुन्छ, ‘विकास निर्माणका काम, जनताको सेवा, जनताको सशक्तीकरण र अधिकारको काम गर्ने मुख्य तह स्थानीय तह भएकोले यसमा हाम्रो पार्टीले यसमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आवश्यक छ ।’

कार्यक्रममा पार्टी महासचिव शङ्कर पोख्रेलले ‘दसौं राष्ट्रिय महाधिवेशनको कार्यदिशा’का विषयमा र पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले ‘सबल र गतिशील पार्टी निर्माण स् संगठनात्मक र शैलीगत विषयहरू’ विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । कार्यक्रम आज र भोलि दुई दिन चल्नेछ ।

कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्जहरू, यस प्रदेशमा रहनुभएका केन्द्रीय कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारीहरू, संघीय र प्रदेश सभाका सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको अध्यक्षता केशव पाण्डे, सञ्चालन विजय सुवेदी र स्वागत भाषण रत्न गुरुङले गर्नुभएको छ ।