अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाललाई कमल थापाको सुझाव : सरकारमा बसेर सडकमा ढुंगा हान्ने दोहोरो चरित्र बन्द गर्नुहोस्

प्रचण्ड-नेपाललाई कमल थापाको सुझाव : सरकारमा बसेर सडकमा ढुंगा हान्ने दोहोरो चरित्र बन्द गर्नुहोस्


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न सुझाव दिनुभएको छ ।

आज उहाँले सामाजिक सञ्जालमार्फत् प्रचण्ड र माधव नेपाललाई दोहोरो चरित्र बन्द गर्न भन्नुभएको हो ।

‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्,’ उहाँले लेख्नु भएको छ ।

एमसिसी विरूद्धमा भए खुलेर प्रतिवाद गर्न समेत सुझाव दिनुभएको छ । ‘एमसिसीविरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्। सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष कमल थापाले २०७८ माघ २५ गते आफ्नो गृह जिल्ला हेटौडा पुगेर राप्रपाबाट राजीनामा दिनु भएको थियो । एकता महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजीत हुनु भएको थियो । हाल उहाँ राप्रपा नेपालका अध्यक्ष हुनुहुन्छ ।