अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनप्रगतिशील कतारका वर्तमान सचिवसहित संघ-संगठनका प्रमुखहरु एमालेमा प्रवेश

जनप्रगतिशील कतारका वर्तमान सचिवसहित संघ-संगठनका प्रमुखहरु एमालेमा प्रवेश


काठमाडौं – प्रवासी नेपाली मञ्च कतारले दोहाको सनैयास्थित लालीगुराँस होटलमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न संघ-संगठनमा आवद्ध रहेका व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चानक पोखरेलको अध्यक्षतामा गरिएको संगठन प्रवेश कार्यक्रममा नेपाली समाज दोहाका प्रभुत्व व्यक्तित्वहरूले आफ्नो विचार परिवर्तन गर्दै नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । जनप्रगतिशील कतारका वर्तमान सचिव प्रनेश, जसपा नेपाली समाज कतारका पूर्वउपाध्यक्ष गफुर अहमद खानले नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

त्यसैगरी दलित सञ्जाल कतारका अध्यक्ष किरण परियार, जनप्रगतिशील कतारका पूर्वउपाध्यक्ष शोभित बहादुर विश्वकर्मा, हेमराज अधिकारीले पनि पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँहरुले समाज परिवर्तन गर्न सक्ने सक्षम पार्टी अहिलेको परिवेशमा नेकपा एमाले मात्र नेपाली समाजमा भएको हुँदा यो पार्टीका सिद्धान्तलाई अङ्गाल्दै नेकपा एमाले पार्टीलाई सफल बनाउनको निम्ति, समाज रूपान्तरणको निम्ति पार्टी प्रवेश गरेको बताउनुभयो।

सबै नव पार्टी प्रवेशीहरूलाई अध्यक्ष पोखरेलले खादा ओढाइ अविरको टीका लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेशीहरूको नामावली

सेख साहानावाज परवेज

आशिक हुसैन सेख,

सोबित बहादुर बिक

हेमराज बुढाथोकी

अफ्ताब आलम अन्सारी

मोहम्मद जावेद हुसैन

किरण परियार

गफुर अहमद