अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उर्जाशिल उमेर काँग्रेसमा बिताएकोमा पछुतो मान्दै मनोज मेहता एमाले प्रवेश

उर्जाशिल उमेर काँग्रेसमा बिताएकोमा पछुतो मान्दै मनोज मेहता एमाले प्रवेश


भक्तपुर -२०७४ को स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाका काँग्रेसका तर्फबाट मेयरका प्रत्यसाी मनोज मेहता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
हिजो साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेहतालाई पार्टीिमा स्वागत गर्नुभएको हो । संघीय साँसद सरिता गीरीको पहलमा मेहता एमाले प्रवेश गर्नुभएको हो । मेहता इनरुवा क्षेत्रमा राजनीतिक व्यक्तित्वका अतिरिक्त समाजसेवी र युवाहरु माझ लोकप्रिय हुनुहुन्छ ।
काँग्रेसमा आफ्नो उर्जाशिल समय विताएको आफूलाई पश्चात लागेको बताउदै मेहताले एमाले र केपी ओलीले उठाएका राष्ट्रिय मुद्धा,जनजीविकाका सवाल र हरेक मुद्धामा देशलाई हित हुने गरी लिएका कदमबाट आफू प्रभावित भएको मेहताले बताउनुभएको छ ।
अध्यक्ष ओलीले मेहतालाई एमालेमा स्वागत गर्दै नव प्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभएको छ । आफू एमालेको नयाँ सदस्य भएको हिनता नलिन भन्दै ओलीले राजनीतिक सक्रियताका आधारमा सबैलाई समान जिम्मेवारी दिइने र भेदभाव नगरिने स्पष्ट पार्नुभएको छ ।