अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? अध्यक्ष ओली   

पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? अध्यक्ष ओली   


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  वर्तमान सत्ता गठबन्धनमा आवद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिनुभएको छ ।

भक्तपुरमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहमा अध्यक्ष ओलीले ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँचवटा गिद्ध बसेका छन्’ बताउनु भएको हो ।

उहाँले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताउनु भयो । उहाँले भन्नुभयो– ‘देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’