अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावपछि गठबन्धनलाई टर्च बालेर खोज्नु पर्छ :  केपी ओली

आगामी चुनावपछि गठबन्धनलाई टर्च बालेर खोज्नु पर्छ :  केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पाँच दलीय गठबन्धनसँग एमाले एक्लै भिड्ने बताउनुभयो । अध्यक्ष ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी समेत गर्नुभयो ।

यसै सन्दर्भमा पाँच दलीय गठबन्धनलाई पानीमुनी गए पनि नछाड्ने चेतावनी पनि दिनु भयो । उहाँले भन्नुभयो, ‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं’, ओलीले भन्नुभयो, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनलाई टर्च बालेर खोज्नु पर्छ ।’

भक्तपुरमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताउनु भयो ।