अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली सिंह, प्रचण्ड चारमुखे : महेश बस्नेत

केपी ओली सिंह, प्रचण्ड चारमुखे : महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सिंहको उपमा दिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘चारमुखे’ को संज्ञा दिनुभएको छ ।

आजदेखि भक्तपुरको सूर्यविनायक नगरपालिकाले जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले अध्यक्ष ओली बालकोटमा भए पनि बालुवाटारमा भए पनि राजनीति उहाँकै वरिपरि घुमिरहेको बताउनु भयो ।

नेता बस्नेतले भन्नुभयो, ‘वास्तममा केपी ओली बालुवाटारमा भए पनि बालकोटमा भए पनि केपी ओली, केपी ओली नै हुन् । केपी ओली सिंह हुन्, सिंह, सिंहदरबारमा जाँदैन । सिंह जहाँ बस्यो, सिंहदरबार त्यही आउँछ भन्ने कुरा आज पुष्टि भएको छ ।’

नेता बस्नेतले हिजो ओलीलाई बार्दलीमा पुर्‍यायौँ भन्नेहरुलाई ६ महिनापछि आफूहरुले जवाफ दिएको समेत बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘चारमुखे’ भएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएको हो ।’