अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष समाजवादी छोडेर एमाले प्रवेश, कांग्रेस र माओवादी छोडेर दर्जनौ एमाले प्रवेश

गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष समाजवादी छोडेर एमाले प्रवेश, कांग्रेस र माओवादी छोडेर दर्जनौ एमाले प्रवेश


गुल्मी – धुर्कोट गाउँपालिका-२ पिपलधारामा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं स्थानीय नेकपा एमालेमा प्रबेश गरेका छन ।

एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिका अध्यक्ष बाबुराम खडका एमालेमा प्रबेश गर्नु भएको छ । त्यस्तै काङ्ग्रेस, माओवादी केन्द्र र बिबेकशिल साझा पार्टीबाट दुई दर्जन बढी कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने खड्कासहितका अगुवा कार्यकर्तालाई नेकपा एमाले केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण बिष्ट, एमाले जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिह काउछासहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत तथा सम्मान गर्नुभएको थियो ।

धुर्कोट गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रमको अवसरमा नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमसिसी सत्ता गठबन्धनलाई तातो दूध निल्नु न ओकल्लु भएको बताउनु भयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दुईजिब्रे प्रवृत्तिको कारण एमसिसिको बिवाद बल्झाएर गठबन्धनले अराजकता शृजना गरेको बताउनु भयो । उहाँले एमसिसिको बिषयमा प्रचण्डले अमेरिका सहमतिको पत्र पठाएर सदनमा असमति र सडकमा आन्दोलन गरिएकोले दुई मित्र राष्ट्र अमेरिका र चीनका विरुद्धमा  नागरिकमा भ्रम फैलिरहेको बताउनु भयो ।

नेकपा एमालेको उद्देश्य नै जनताको समृद्धि भएकाले सत्ता बाहिर हुँदा पनि एमाले प्रतिको जनलहर बढिरहेको बिष्टले बताउनु भयो । एक हप्ताको निर्वाचन क्षेत्र भ्रमणमा आएका बिष्टले एक दर्जन बिकास आयोजनाको उद्घाटन तथा पार्टी कार्यक्रममा विभिन्न पार्टीका सयौं कार्यकर्ता एमालेमा प्रबेश गराउनु भएको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज दिनेश पन्थीले देशभर एमाले पार्टी प्रवेश गर्नेहरूको जनलहर देखेर काङ्ग्रेस माओवादी अत्तालिएको बताउनु भयो । उहाँले अब जनता झुक्याएर र सत्ता तथा श्रोतको दुरुपयोग गरेर चुनाव जित्ने अवस्था नरहेकाले माओवादी, काङ्ग्रेस र समाजवादी लगायतका पार्टीबाट नेता कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेको बताउनु भयो ।

त्यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बालसिह काउछाले आगामी निर्वाचनहरुमा पिपलधारामा एमालेको लालझन्डा फहराउने बताउनु भयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको राम्रो अभिमत हुँदाहुँदै काङ्ग्रेस माओवादी चुनावी समीकरणको कारण आफुहरु पराजित भएको बताउनु भयो । अहिले पनि गाउँपालिकाका प्रमुख र उपप्रमुखसहित काङ्ग्रेस र माओवादी नेताहरूले युवाहरूलाई कोरिया र जागिरका चुनाव केन्द्रित भ्रम छर्ने कामको कडा प्रतिवाद गर्न पार्टी कमिटीलाई निर्देशन दिनु भयो । उहाँले  सबै प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने काउछाले प्रतिबद्धता जनाउनु भयो । एमाले प्रवेश गर्ने एकीकृत समाजवादीका नेता खड्काले पार्टीको आन्तरिक जीवनमा केही असहज परिस्थिति देखा परेकाले केही समय पार्टीबाट टाढा भए पनि अब अझ अठोट र उर्जाका साथ काम गर्ने बताउनु भयो ।