अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

महोत्तरीको पिपरा गाउँपालिकाका उपाध्यक्षसहित तीन सय नेता-कार्यकर्ता एमालेमा प्रवेश

महोत्तरीको पिपरा गाउँपालिकाका उपाध्यक्षसहित तीन सय नेता-कार्यकर्ता एमालेमा प्रवेश


महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिकाको उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।

आज पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष दासको अगुवाईमा तीन सय जना नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेका एमाले पोलिटब्युरो सदस्य जुली महतो र पिपरा गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरीले टिका लगाए स्वागत गर्नु भयो । उपाध्यक्ष दास यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा हुनुहुन्थ्यो ।