अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी टेबल भएमा एमाले सामेल हुँदैन : महासचिव पोखरेल

एमसीसी टेबल भएमा एमाले सामेल हुँदैन : महासचिव पोखरेल


सर्लाही – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश भएमा एमाले सो प्रक्रियामा सामेल नहुने बताउनुभएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवामा  आज भएको एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्नुहुँदै महासचिव पोखरेलले सो कुरा बताउनुभयो । प्रक्रियामै सामेल नुहने भएपछि एमालेले एमसीसीबारे के गर्छ भन्ने प्रश्नको अर्थ नहुने उहाँले बताउनु भयो ।

एमालेले कारवाहीको सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही गरेको सूचना प्रकाशन नगरेसम्म संसद बैठकमा सामेल नहुने निर्णयमा एमाले दृढ रहेको उहाँले प्रष्ट पार्नुभयो । आफूहरुले ४० प्रतिसतको अध्यादेश ल्याउँदा विरोध गर्नेहरुले २० प्रतिसतको अध्यादेश ल्याएर एमालेलाई बिभाजित गर्ने काम गरेको महासचिव पोखरेलले बताउनुभयो । पोखरेलले एक जना न्यायाधीशमाथि मात्रै महाअभियोग लगाएर अदालत सुध्रिने अवस्था नरहेको पनि बताउनुभयो।

अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने, निर्वाचन सार्ने र अदालतमा एमालेले दर्ता गरेका मुद्दालाई प्रभावित पार्ने षडयन्त्रकासाथ महाअभियोगको प्रस्ताव दर्ता गरिएको महासचिव पोखरेलले टिप्पणी गर्नुभयो ।

अधिवेशन उद्घाटन समारोहमा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव लगायतले मन्तव्य राख्नुभयो ।