अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्छ : ईश्वर पोखरेल

सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्छ : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी क्षेत्र नम्बर ५ ले महाराजगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजनीति गर्नु पनि देश र जनताको हितकै लागि हो । समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ । युवाहरु यस्तो काममा प्रेरित हुनुपर्छ ।’

अस्पतालहरुमा रगत अभाव भइरहेका बेला रगत संकलन गरिएकाले यसको खास महत्त्व रहेको पोखरेलको भनाइ थियो । नेता पोखरेलले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन युवाहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा १५० जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिनु भयो।