अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीका विषयमा अमेरिकी बक्तव्य,छलछाम र धोका : नारायणकाजी श्रेष्ठ

एमसीसीका विषयमा अमेरिकी बक्तव्य,छलछाम र धोका : नारायणकाजी श्रेष्ठ


काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा अमेरिकी दुतावासले जारी गरेको विज्ञप्ती छलछाम र धोकापूर्ण भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले चारवटा तर्क दिंदै आज प्रकशन गरेको विज्ञप्ती र अमेरिकी व्यवहारमा फरक फरक धारणा राखेकोले यो छलकपटपूर्ण भन्नुभएको छ । श्रेष्ठले अमेरिकी राजदुतले केही समय पहिले एकजना नेताको घरमा गएर एमसीसी पास नगर्ने हो भने अमेरिकाले नेपालमा नाकाबन्दी लगाउनेछ भनेको कुरा स्मरण गराउनुभएको छ ।

यस विषयमा नारायणकाजीले यस्तो लेख्नु भएको छ :
नेपाल स्थित अमेरिकी दूतावासले एमसिसि कम्प्याक्ट सँझौताका बारेमा एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै णिर्णय गर्ने हो भनेर बक्तब्य निकालेको जानकारी नेपालका मुलधार भनिने पत्रिकाहरुले आज उच्च महत्वकासाथ प्रकाशित गरेका छन् ।तर निम्न तथ्यहरुले अमेरिकी बक्तब्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ
एक, अमेरिकी राजदुतले एमसिसि कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए ।
दुई,आमेरिकी राजदुतले भेटेर र सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्विकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौ भनेका थिए।
तिन , अमेरिकी उपमन्त्री ले भारतीय पत्रिका मार्फत अन्तर्वार्ता सार्बजनिक गरेर नेपालले एमसिसि सम्झौता अस्विकार गरेमा नेपाल र आमेरिका बीचको सम्बन्धमा पुनर्बिचार गरिनेछ भनेका थिए ।
चार , नेपालका एक प्रमुख दलका नेता सँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसिसि अमेरिकाका प्रमुख कार्यकारी अधिकृत र फतिमा सुमार सहितको चार जनाको टोलीले एमसिसि कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रुपमा लिनेछ भनेका थिए ।
यसरी अमेरिकाले एमसिसि कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिदै आएको स्पष्ट छ। अमेरिकी दुतावासको झुठो बक्तब्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरु सहित बास्तबिक सत्यलाई प्रकाशित गर्नुहोला ।