अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्साको पोखरियाका वडाध्यक्षसहित ८० वर्षीया ठगियादेवीसम्म एमालेमा प्रवेश (तस्वीरहरू)

पर्साको पोखरियाका वडाध्यक्षसहित ८० वर्षीया ठगियादेवीसम्म एमालेमा प्रवेश (तस्वीरहरू)


भक्तपुर – पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधि एमालेमा प्रवेश गर्ने क्रममा एउटा समूह काठमाडौं आइपुगेको छ ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिमानन्द चौहान नेतृत्वको एउटा समूह आज  एमालेमा प्रवेश गरेको छ । पर्साबाट निर्वाचित जसपा तथा माओवादी केन्द्रका जनप्रतिनिधि एमालेमा प्रवेश गर्नका निम्ति काठमाडौंमा आएका हुन् ।  

युवा संघले संयोजन गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष चौहान, समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोदेखि ८० वर्षीया ठगिया देवी पासवानसम्मलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

नेकपा एमालेमा प्रवेशका निम्ति पाँचवटा बसमा वडाध्यक्षको नेतृत्वमा जसपाका नेता–कार्यकर्ताहरु पर्साबाट काठमाडौं आएका युवा संघले जानकारी दिएका छन् । वडाध्यक्ष चौहानले ५५० जना कार्यकर्ता र समर्थक एमालेमा प्रवेश गरेको बताउनु भयो । यसअघि गत साता पोखरियाका मेयर दिपेन्द्र रौनियार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।