अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको पहिलो नमुना जनगणना : १६८ वर्ष अघिको नेपाल चिन्ने मौका

नेपालको पहिलो नमुना जनगणना : १६८ वर्ष अघिको नेपाल चिन्ने मौका

१६८ वर्ष अघि नेपालको जनसंख्या १२ लाख २८ हजार ३७ थियो ।


१६८ वर्ष अघिको नेपाल कस्तो थियो होला ? त्यसबेलाको नेपालमा कति मानिस बस्थे होला ? कुन जातीका मानिसको बहुल बसोबास थियो होला ? घर कस्ता थिए होलान् ? पाटी,पौवा वा शतलहरु के कति थिए होलान् ? काठमाडौं उपत्याकामा सागसब्जी पसल कति थिए होलान् अथवा मासु पसल कतिवटा थिए होलान् ?

१६८ वर्ष अघिको नेपालबारे रोचक जानकारी दिने एउटा पुस्तक बजारमा आएको छ । ‘नेपालको पहिलो नमुना जनगणना’ नामको एउटा मोटो पुस्तक माघ महिना देखि बजारमा देखिएको छ । खासमा यो पुस्तक राणा प्रधानमन्त्री जंगबहादुरले १९१० देखि १९१३ सालसम्म गरेको जनगणनाको अभिलेख हो । यो पुस्तक यस्तो बेला प्रकाशन भएको छ जतिबेला नेपालको १२ औं जनगणनाको प्रारम्भिक प्रतिवदेन सावर्जनिक हुँदै थियो । २०७८ सालमा भएको जनगणनाको प्रतिवेदन सावर्जनिक हुनु र १६८ वर्ष अघि भएको घर ‘जहानको तथ्यांक’ एकै चोटी सार्वजनिक हुनु एउटा रोचक संयोग हो ।

२०७८ सालमा भएको जनगणनालाई १२ औं जनगणना भनिरहेको बेला १९१० सालमा भएको जनगणनाको प्रश्नावली फारम सहितको किताव बजारमा आएपछि यसमा केही नयाँ तर्कहरु पनि आएका छन् । नेपालमा जगंबहादुरकै सन्तान अर्थात पाँचौं राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालमा वि.सं. १९६८ सालमा भएको जनगणनालाई पहिलो जनगणना मान्ने गरिएको छ । तर यो तर्क माथि प्रश्न उठाउँदै जंगबहादुरको पालाको जनगणना पुस्तक सार्वजनिक भएको छ । पुस्तकको भूमिकामा सँस्कृतिविद्ध सत्यमोहन जोशी लेख्नुहुन्छ ‘यस अघिको जनगणनाको प्रमाण फेला नपरेसम्म यो जनगणना १९१०–१९१३लाई नेपालको पहिलो जनगणना हो भन्न हिच्किचाउनु पर्दैन ।’ उक्त जनगणनाका प्रश्नवली कस्ता थिए ? तीनवर्षसम्म लगाएर जनगणना गरिएको आधिकारिक प्रमाण फेला परेपछि यसलाई पहिलो जनगणना हो भन्न हिचकिचाउनु नहुने जोशीको धारणा छ ।

२०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९१ हजार ८४ छ । १६८ बर्ष अघि नेपालको जनसंख्या १२ लाख २८ हजार ३७ रहेछ । त्यतिबेला अहिलेजस्तो महिलाको जनसंख्या बढी र पुरुषको थोरै रहेनछ । त्यतबेला पुरुषहरु ६ लाख २४ हजार ९७ र महिलाहरु ६ लाख ३ हजार ९ सय ४० जना रहेका थिए ।

वि.सं. १९०३ सालमा कोतपर्व मच्चाएर शासनको बागडोर हात पारेका जंगबहादुर प्रधानमन्त्री भएको करिब ४ वर्ष नवित्दै बेलायत यात्रामा गएका थिए । उनले बेलायतको विकास र समद्धि देखेर नेपाल फर्किएको करिब ३ वर्षपछि जनगणना गर्न थालेका हुन् कि भन्ने अनुमान छ । अथवा उनको मनमा पनि नेपालको जनसंख्या कति छ त्यसै अनुसार विकासको थालनी गरौं भन्ने लागेर पो जनगणना गर्न थालेका हुन् कि भन्ने अर्को अनुमान छ ।

ग्रन्थरत्न प्रकाशन प्रा.लिले प्रकाशन गरेको ६६० पेज लामो किताब पढ्दै जाँदा पाठकले १६८ वर्ष अघिको नेपालको सहजै अनुमान गर्न सक्छन् । त्यो पनि तथ्यपरक रुपमा । पुस्तकको भूमिका पढ्दै गर्दा सबैलाई आफ्ना पितापुर्खाको झल्को आउँछ । त्यसबेलाको जनगणनाको अभिलेख खोज्ने र मसिनो गरी केलाउने काम प्रा.डा. जगदीशचन्द्र रेग्मी र डा.गोविन्द टण्डनले गर्नुभएको छ ।

अत्यन्त अनुदार र निरंकुश जंगबहादुरले नेपालमा जनगणना किन गरे होलान् भन्ने अनेकन् अनुमानहरु छन् । वि.सं. १९०३ सालमा कोतपर्व मच्चाएर शासनको बागडोर हात पारेका जंगबहादुर प्रधानमन्त्री भएको करिब ४ वर्ष नवित्दै बेलायत यात्रामा गएका थिए । उनले बेलायतको विकास र समद्धि देखेर नेपाल फर्किएको करिब ३ वर्षपछि जनगणना गर्न थालेका हुन् कि भन्ने अनुमान छ । अथवा उनको मनमा पनि नेपालको जनसंख्या कति छ त्यसै अनुसार विकासको थालनी गरौं भन्ने लागेर पो जनगणना गर्न थालेका हुन् कि भन्ने अर्को अनुमान छ । अथवा त्यति लामो समय विदेश घुमफिर गरेर आए पछि के नयाँ काम गर्ने त भन्ने कुरा मनमा आएर पो जंगबहादुरलाई यो जनगणनाको झोक चलेको हो कि भन्ने मतहरु पनि पुस्तकमा छन् । आफ्नो शासनलाई अन्तराष्ट्रिय मान्यता दिलाउन पो जनगणना गरेका हुन् कि भन्ने अर्कोथरी राय पनि उत्तिकै छन् ।

जंगबहादुरले व्यवस्थित पुनर्निमाणका लागि पो जनगणना गरेका हुन् कि भन्ने अनुमान पनि लगाउन सकिन्छ । नभन्दै त्यसबेलाका प्रश्नावलीमा घर, देवल, मन्दिर आदिजस्ता भवनको तथ्यांक विस्तृतमा आउने गरी प्रश्नावलीमा समेटिएको छ । त्यसबेलै जंगबहादरको राय रहेछ ‘जनगणना कुनै पनि देशको समृद्धि र अवनती निर्धारण गर्ने यथार्थ कसी हो ।’

किताव भनौं वा यसलाई जनसंख्या प्रतिवेदन भनौं । यसमा सोधिएका प्रश्न, उल्लेख भएका भाषा आदिले उ बेलाको नेपालको झल्को दिन्छ । पुस्तकमा जम्मा तीनवटा ठेलीहरुलाई समेटिएको रहेछ । तीनवटा विवरणात्मक ठेलीमा तत्कालिन अवस्थामा भादगाउँ भनेर चिनिने भक्तपुर, पाटन र काठमाडौं लगायतका त्यतीबेलाका ३३ वटा जिल्लाको जनसंख्या विवरण उल्लेख छ । त्यसबेलाको प्रश्नावलीका घरको प्रकार, घर संख्या, परिवार संख्या, लोग्ने र स्वास्नी मानिसको विवरण, बारी आदिको विवरण समेटिएको छ । त्यस्तै देवालय, पाटी, सत्तल, पोखरी, इनार आदिको पनि विवरण संकलन गरिएको छ । भक्तपुरको तथ्यांकचाहिँ विस्तृत रुपमा उल्लेख गरिएको छ । उपत्यका बाहिरको जनगणनामा गाउँको नाम मात्र उल्लेख छ तर उपत्यकामा चाहिँ घरमुलीको नाम समेत उल्लेख गरिएको छ ।

बेलायतको व्यवस्थित सहर, उन्नत जनजीवन देखेर फर्केका नेपालका प्रधानमन्त्री जंगबहादुरले नेपाल पनि त्यस्तै सुन्दर बनाउने कल्पना गरेको हुनसक्छ । अर्कोतिर नेपालमा वि.सं. १८६५ मा ठूलो भूकम्प गएको थियो । त्यसको अढाइ दकपछि १८९० मा त्यस्तै अर्को भूकम्प गएर देश थिलथिलो भएको थियो । पुनर्निर्माणका कामहरु भएका थिएनन् । सहरहरु अव्यवस्थित थिए । जताततै बिग्रे भत्केका घरहरुमात्र थिए । मठ मन्दिर पनि उस्तै असरल्ल थिए । यस्तो विद्रुप अवस्थालाई के कसो गरेर व्यवस्थित बनाउन सकिएला भनेर जंगबहादुरले व्यवस्थित पुनर्निमाणका लागि पो जनगणना गरेका हुन् कि भन्ने अनुमान पनि लगाउन सकिन्छ । नभन्दै त्यसबेलाका प्रश्नावलीमा घर, देवल, मन्दिर आदिजस्ता भवनको तथ्यांक विस्तृतमा आउने गरी प्रश्नावलीमा समेटिएको छ ।

पुस्तकमा अर्को रोचक पक्ष पनि उल्लेख छ । जंगबहादुरको जनगणना भन्दा करिब १४ वर्ष अघि पनि नेपालमा मानिसको तथ्यांक संकलन गरिएको हो कि भन्ने दस्तावेजहरु परराष्ट्र मन्त्रालयमा भेटिएको थियो । त्यसमा उल्लेख भए अनुसार त्यतिबेला काठमाडौंको जनसंख्या ३६ हजार २ सय १४ जना रहेको भेटिन्छ । उक्त दस्तावेजमा २० लाख मानिसलाई वर्ष दिन खान कति अन्न चाहिएला भनी अनुमान गरिएबाट के थाहा हुन्छ भने त्यसबेला नेपालको जनसंख्या २० लाख अनुमान गरिएको रहेछ ।

त्यति बेलाको पाटन कस्तो थियो भन्ने कुराको संक्षिप्त परिचय यस्तो थियो । पाटन सहरको जनसंख्या त्यतिबेला २८ हजार ७ सय १४ रहेको पाइन्छ । पाटनमा त्यति बेला ४ सय ३८ वटा घर, १ सय ८४ वटा खुद्रा पसल, ३२ वटा कपास पसल, ४३ वटा कपडा पसल, दुधका चार वटा पसल दहीका १७ वटा पसल रहेको पाइन्छ ।

पहिलो जनगणना लगत्तै जंगबहादुरले भरमुलुकका जनताको जन्म र मृत्यु सम्बन्धि विस्तृत नियमावली तयार गरेर सबैतिर पठाएकाा थिए । त्यसबेलै जंगबहादरको राय रहेछ ‘जनगणना कुनै पनि देशको समृद्धि र अवनती निर्धारण गर्ने यथार्थ कसी हो ।’ यो नियमावली जंगबहादुरले १९२१ आषाढ २६ गते मुलुकभरका अधिकारीलाई पठाएका थिए । यसबाट अनुमान लगाउन सकिन्छ कि पहिलो जनगणना गरेको ११ वर्षपछि जंगबहादुर दोस्रो जनगणनाको तयारीमा थिए ।

त्यति बेलाको पाटन कस्तो थियो भन्ने कुराको संक्षिप्त परिचय यस्तो थियो । पाटन सहरको जनसंख्या त्यतिबेला २८ हजार ७ सय १४ रहेको पाइन्छ । पाटनमा त्यति बेला ४ सय ३८ वटा घर, १ सय ८४ वटा खुद्रा पसल, ३२ वटा कपास पसल, ४३ वटा कपडा पसल, दुधका चार वटा पसल दहीका १७ वटा पसल रहेको पाइन्छ । नेपालमा त्यसबेला हैंजाको प्रकोप कस्तो थियो भन्ने कुराको एउटा दृष्टान्त देउपाटनको चाबहिल क्षेत्रको एउटा उदाहरण हेरौं । एकवर्षमा उक्त टोलमा मात्र ७ जना मानिस हैंजाले मरेका थिए । जसमा १ जना वृद्ध, २ जना तन्नेरी, २ जना केटा, १ जना तरुनी र १ जना केटी मरेको अभिलेख देखिन्छ ।

काठमाडौंमा त्यतिबेला पनि भक्तपुरको भन्दा दोब्बर मानिसहरु बस्थे । ८ हजार २ सय २३ घरमा ५८ हजार ५ सय ३९ जना मानिसको बसोबास देखिन्छ ।

पुस्तकले अहिलेका घना वस्ती भएका सहरहरु त्यती बेला कस्ता रहेछन् भन्ने दृष्टान्त दिएको छ ? कति घर कति मानिसको बसोबास रहेछ भन्ने कुरा स्पष्ट पारेको छ । जस्तै अहिलेको बुटवल त्यसबेलाको खस्यौलीमा जम्मा १ सय २४ वटा घर १ हजार ७७ जनसंख्या रहेको थियो ।

त्यतिबेला अन्य पसलको तुलनामा मासु पसलको संख्या अत्यन्त न्यून देखिन्छ । यसको कारण मानिसहरु धेरै शाकाहारी थिए वा आर्थिक अभावले मासु किनेर खान सक्दैन थिए भन्ने आकलन गर्न सकिन्छ ।

अन्त्यमा पुस्तकले पाठकलाई १६५–१६८ वर्ष अघि अर्थात १९ औं शताब्दीको नेपाल कस्तो थियो भन्ने कुराको झल्को दिन्छ । यहाँ समेटिएका तथ्य,तथ्यांक र विवरणले त्यसबेलाको खेतिपाती प्रथा,घरका प्रकार, सतल पाटी र पौवाहरुको संख्या आदिले नेपाली जनजीवनको झल्को दिन्छ । त्यतिबेला अन्य पसलको तुलनामा मासु पसलको संख्या अत्यन्त न्यून देखिन्छ । यसको कारण मानिसहरु धेरै शाकाहारी थिए वा आर्थिक अभावले मासु किनेर खान सक्दैन थिए भन्ने आकलन गर्न सकिन्छ ।

पुस्तकमा त्यतिबेला संकलन गरिएका विवरण जस्ताको तस्तै साभार गरिएको छ । भाटाको कलम मसीमा चोबेर लेखिएको हस्तलिखतका फारमहरु कितावमा हेर्न पाइन्छ ।