अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री गुप्तासहित हजारौं नेता कार्यकर्ता एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटो फिचर)

पूर्वमन्त्री गुप्तासहित हजारौं नेता कार्यकर्ता एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटो फिचर)


कपिलवस्तु –  पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी हजारौं नेता कार्यकर्ता नेकपा (एमाले) मा  समाहित हुनुभएको छ । 

आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी आएका हजारौं नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता-कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।