अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनि मलाई त्रिशूल जिम्मा लाइदिए !

अनि मलाई त्रिशूल जिम्मा लाइदिए !


मेरो र श्रीमतीको पनि खोटाङ दिक्तेलको हलेसी महादेव गुफा भ्रमण गर्ने लामो समयदेखिको इच्छा थियो । मैले पहिले हेलिकप्टरबाट परिक्रमा गरेर गएको थिंए । एक दुई चक्कर हेलिकप्टरबाट लगाएर गएको थिंए तर त्यस बेला धित मरेको थिएन । समय निकाल्न मुस्किल भइराखेको थियो तर एकपटक आउनै पर्छ भनेर म आज यस ठाउँमा आइपुगेको छु ।

हलेसीका किंवदन्ती ११ औं शताब्दी देखि नै अभिलेखमा
म यस ठाउँमा आइपुग्दा अत्यन्तै हर्ष व्यक्त गर्न चाहन्छु । यो हलेसी एउटा ऐतिहासिक, धार्मिक, पौराणिक, पुरातात्विक र पर्यटकीय स्थल हो । यसका विभिन्न आयामहरु छन् । यसको ऐतिहासिक, धार्मिक आयाम र पक्ष छ । यस सन्दर्भमा धेरै आधिकारिक ढंगले ११औं शताब्दी देखिका लिखत छन् । यस सम्बन्धमा हामी यसको ऐतिहासिक सन्दर्भमा धार्मिक–ऐतिहासिक ग्रन्थहरुमा प्रमाणहरु पाउँछौं । ११औं शताब्दी देखिका लिखत प्रमाणहरु छन् र कहिले लेखिएको त्यो आफ्नो ठाउँमा होला ।

स्कन्द पुराणमा हलेसी महादेवस्थानको वर्णन गरिएको छ र विभिन्न शास्त्रहरुले हलेसीको धार्मिक महत्व, यसको ऐतिहासिकता र यसको पौराणिकताको बारेमा लेखेका छन् । विभिन्न प्रकारका कथा, किंवदन्तीहरु पनि छन् । ८औं शताब्दीमा पद्मसम्भव आएर बुद्ध भिक्षु, यहाँ आएर ध्यान गरेर ज्ञान प्राप्त गरेको, लामो समय बसेको जस्ता प्रसंगहरु पनि यहाँ आउँछन् । त्यसकारण एउटा हिन्दुहरुका लागि, किरातहरुका लागि शिव भनेको, महादेव भनेको हिन्दु र किरात दुवै सभ्यतामा समान मान्यता भएको दर्शन हो, विचार हो, आस्था हो । त्यसै गरेर यससँग जोडिएको बौद्ध धर्म पनि यससँग जोडिएको छ । सैव्य सभ्यताबाट विश्वको सभ्यताको प्रारम्भ भएको मानिन्छ । सैव्य सभ्यता पछि सैव्य दर्शन पछि र शिवलाई आदियोगी पनि मानिन्छ । योगको शुरुवातकर्ता पनि शिवलाई मानिन्छ । अरु हिसाबले पनि दार्शनिक हिसाबले पनि सैव्य दर्शन पछि शांख्य दर्शन अरु दर्शनहरु र बुद्ध दर्शनहरु प्रकट हुँदै र विकसित हुँदै गएका छन् ।

मैले पहिले हेलिकप्टरबाट परिक्रमा गरेर गएको थिंए । एक दुई चक्कर हेलिकप्टरबाट लगाएर गएको थिंए तर त्यस बेला धित मरेको थिएन । समय निकाल्न मुस्किल भइराखेको थियो तर एकपटक आउनै पर्छ भनेर म आज यस ठाउँमा आइपुगेको छु ।

१२ हजार वर्ष तपस्या गर्ने राक्षसको कथा
कथा अनुसार खास गरेर भन्ने हो भने स्कन्दपुराणका अनुसार उहिले नै एकजना राक्षसले शिवको १२ हजार वर्षसम्म तपस्या गरेर शिव प्रकट भए । प्रकट भएपछि वर माग्यो उसले र म आपूm अमर रहुँ, कसैले मार्न नसकोस् भन्ने वर माग्यो । महादेवले उनलाई भने–अमर हुने भन्ने कुरा त प्रकृतिको नियमभन्दा विपरीत हुन्छ । प्रकृतिको नियम भन्दा विपरीत तिमीलाई वरदान दिन मिल्दैन । त्यसकारण तिमीलाई अमर हुने वरदान दिन मिलेन । अरु वर माग भनेपछि उसले अरु वर माग्ने भयो । उसले के गर्ने त भन्दा लडाइँ पर्दा टाउँको छुन त सजिलो होला । जसको टाउको मैले छुन्छु, मेरो हातले जसको टाउको छुन्छ, तत्काल उ खरानी होस् भनेपछि प्रशन्न भएका महादेवले उसलाई तथास्तु, तिमीले वर पायौं भनेपछि, लाग्छ त यो वर ? साँच्चै हो महादेव ? भनेर उसले सोध्यो । साँच्चै हो, यो वर लाग्छ भनेपछि साच्चै वर पनि लाग्ला र ? लाग्छ भने । त्यसो भए म छोएर हेर्छु है तपाईंको टाउको भनेर शिवजीको टाउको तिर लम्किएपछि शिवजी यस्तो नगर न । कहाँ मैले नै वर दिने, मेरो नै टाउको छुने तिमीले भने । उसले मानेन । लाग्छ कि लाग्दैन, तपाईंले दिएको वर त हेर्नु पर्यो नि, म छुन्छु भनेर उसले छुन खोज्यो । शिव जुरुक्क उठेर त्यहाँबाट भाग्न पर्यो । भाग्दै भाग्दै आएर यस गुफामा शिव आइपुग्नु भयो । यस गुफामा शिव आइसके पछि राक्षस यताबाट पस्ने । पहिले अहिलेको जस्तै गुफा थिएन । यस गुफाबाट निस्किएर बसाह गुफामा निस्किने, बसाह गुफामा पसेर यस गुफामा निस्किने । यस्तो खालको थियो । राक्षस पछि पछि बस्छ, शिव उताबाट निस्किएर अनि फेरि अर्को तिरबाट निस्किने गर्दा राक्षसले उहाँको टाउको छुन भ्याएन । शिव साह्रै हैरान भएपछि विष्णु सम्झिए ।

राक्षसलाई लठ्याउने मोहिनी


यस्ता मुर्खहरुलाई त अलिक तरिकासँग ठीक पार्ने त विष्णु हुन् भनेर विष्णुलाई सम्झिए । पछि विष्णु उभिएर आएर शिवलाई लखेटी राखेको बेला अत्यन्तै सुन्दरी मोहनीको रुपमा ट्याक्क बसे अगाडि । अनि राक्षस त्यतै मोहनीतिर अल्झियो र अल्मलियो । अनि उसले सोध्यो–को हौं तिमी ? म एउटा सुन्दरी हो । कहाँ कुदेको तिमी ? बेकार कुदेर किन दुःख गरिराखेको ? अनि ल अब तिमी मेरो हुनु पर्यो, तिमी जे जे भन्छौं, त्यही त्यही मान्छु भनेपछि मलाई नाँच्न आउँछ, असाध्यै नाँच्ने सौख छ, नाँच्न तिमीलाई आउँछ भनेपछि त्यो राक्षसलाई नाँच्न आउँदैनथ्यो । अनि उसले नाँच्न आउँदैन भनेपछि एकछिनमा म सिकाइ दिन्छु, आउँ भनेर गुफामा नाँच्न गए । अनि मोहनी जसरी नाँच्ने कम्मरमा हात लगाए, नाँच्न त सिकाउन त पर्यो नि । मोहनीले कम्मरमा हात लगाउने, राक्षसले पनि कम्मरमा हात लगाउने, मोहनीले देब्रेतिर हात लगाउने राक्षस उसै गर्ने । कम्मर मर्काउने, त्यसै गरी कम्मर मर्काउने, गर्दागर्दै हात कता लाने त्यतै लाने, खुट्टा कता लाने त्यतै लाने गर्दागर्दा झुक्काएर मोहनीले यसो यसो गर्दागर्दै ठ्याक्क टाउकोमा हात राखिन् । यस्सो गरेर नाँच्दा उ खुत्रुक्क मर्यो । विरतासुर मर्यो, राक्षस मर्यो र महादेव यहाँ बसे । त्यसपछि पार्वती आइन् । त्यहाँ पार्वती गुफा छ, त्यहाँ बसिन् । नन्दी पनि आए, साढे पनि आए, साढे गुफा पनि छ । त्यसरी बसे । यो गुफाको सबैभन्दा पुरानो पौराणिकता यही हो । विरतासुर राक्षसले यो स्कन्द पुराणले बताएको कथा अनुसार हलेसी महादेवस्थानको उत्पत्ति कसरी भयो भन्ने कुरा सत्ययुगको कुरा हो । सत्ययुगमा यस्तो भएको थियो भनेर स्कन्द पुराणले बताएको छ ।

बलरामले बोकेको हलोका कारण हलेसी
त्यसपछि द्धापर युगको कुरा आउँछ, कमसेकम यो लगभग ३२–३५ सय वर्ष अगाडिको कुरा हो । श्रीकृष्णका दाजु बलराम हलो बोकेर हिँड्थे । उनी एकपटक घुम्दै घुम्दै यस ठाउँमा आइपुगे र हलो राखेर यहाँ उनी तप गर्न थाले, ध्यान गर्न थाले । त्यसकारण हलो राखेको ठाउँ हुनाले यस ठाउँको नाम हलेश्वर भयो र हलेश्वरबाट विस्तारै विस्तारै हलेसी हुँदै गयो भन्ने कुरा ।चाम्लिङ राईको उद्गमस्थल भनेर यस ठाउँलाई अलिक मानिन्छ । सायद चाम्लिङ वा अरु राईहरु यहाँबाट गएका होलान् । चाम्लिङ राईको यो ठाउँ एकप्रकारको राजधानी जस्तो पनि ठाउँ हो । खोटाङ जिल्ला साथीहरुलाई थाहा होला–राई भनेको राजा र राईको राज्य भएको ठाउँ र राई भन्ने पद्वी पनि खोटाङमा उत्पत्ति भएको हो । यस ठाउँका खास राईहरु सायद चाम्लिङ राईहरु होलान् कि । त्यो तपाईंहरुले खोजअध्ययन गर्नु होला । यसरी यहाँका राईहरु राजा भनिने र यहाँको एउटा सभ्यता हो । पद्मसम्भव आठौं शताब्दीमा यहाँ आएर ध्यान गरे, त्यसपछि बुद्धहरुको बुद्धवादीहरुको पनि यहाँको हलेसीस्थान महादेवसँग एउटा निकट सम्बन्ध भयो र बुद्धिष्टहरु पनि यस ठाउँलाई अत्यन्तै पवित्र ठाउँ मान्छन् । यहाँ अनेक धर्म गुरुहरुको अवतार भएको, धर्म गुरुहरु पैदा भएका, धर्म गुरुहरुले तपस्या गरेका अनेक प्रसंगहरु यहाँ आउँछन् । त्यस सम्बन्धमा यहाँका धर्म गुरुहरुलाई थाहा छ, किताब पनि लेख्नु भएको छ, मलाई अहिले भर्खर किताब पनि दिनु भएको थियो । म अहिले यसलाई पढ्न पाएको छैन, कुनै समय म त्यसलाई पढ्छु । यो किरात धर्मसँग, प्राकृत धर्मसँग, मुन्दुमसँग अरु पक्षहरुसँग पनि यो जोडिएको छ । यसरी किरात, बुद्ध, हिन्दु, सैव्य, बुद्धिष्ट र अरु विभिन्न दर्शनका शाखाहरु र सभ्यताको सुरुवातसँग पनि यस ठाउँको सम्बन्ध जोडिएको छ । यसरी इतिहास लगायत सबैसँग यसको सम्बन्ध जोडिएको छ ।

म प्रधानमन्त्री हुँदा हलेसीको गुरु योजना
म प्रधानमन्त्री हुँदा हलेसीको समग्र विकासका लागि गुरु योजना निर्माण गर्ने कार्य सुरु गरेको थिंए । एउटा असाधारण धार्मिक स्थल, एउटा असाधारण तिर्थस्थल पुण्यभूमिको रुपमा यसलाई अगाडि बढाउनु पर्छ । यसको तद्अनुसार विकास गर्नु पर्छ भनेर हामीले यहाँ बाटो पु¥याउने काम पनि गरेका छौं । यस ठाउँको विकास पनि तीब्र ढंगले हुँदै आएको छ ।

केपी ओलीको चुनाव चिन्ह त्रिशुल !
फेरि पनि तपाईंहरुलाई थाहा होला– हाम्रो पार्टी छोडेर गएका एकजना कसैले बडो मजाकसँग मलाई के भनेभन्दा केपी ओलीको चुनाव चिन्ह अब त्रिशुल भने । अब सूर्यसँग त्रिशुल पनि जोडिने भयो, शिवजीको त्रिशुलका फेला परेपछि यिनीहरुको हालत के होला ! केपी ओलीले अब त्रिशुल पनि हान्छ भने, मैले हान्नु पर्दैन, शिवजीले त्रिशुल हान्छन् । अब शिवजीको त्रिशुल पनि मलाई जिम्मा लगाइदिए । शिवजी रुद्ररुप जब लिनुहुन्छ, त्यतिबेला असाधारण शिवको यस्तो पाँचदलीय गठबन्धन आदि इत्यादिको कुरा यस्तो पवित्र ठाउँमा किन गर्ने, तरपनि अब यस्तो केही बाँकी रहँदैन । जेहोस् यस ठाउँको विकासका लागि हाम्रो ध्यान गएको छ । यो अत्यन्तै पौराणिक थलो हो, ऐतिहासिक, थलो हो, पुण्य थलो हो, धार्मिक थलो हो, ध्यानभूमि हो, ज्ञानभूमि हो, तपोभूमि हो । यसका अनेक पक्षहरु पुराणका कुराहरुदेखि लिएर धार्मिक पक्षका कुरा, यसका इतिहासका कुराहरु मैले अलिकति संक्षिप्तमा यहाँहरुसँग राखे । अरु धेरै अहिले राख्न भ्याइँदैन पनि ।
अब मलाई के लाग्छ भने पत्रकार साथीहरुले यस ठाउँमा अरु प्रश्नहरु गर्न हुन्न । किनभने धार्मिक ठाउँ, पुण्य ठाउँ । यसको विकास, यसको पर्यटकीय विकास, यसको धार्मिकस्थलको रुपमा विकास । यस पुण्यभूमि, ध्यानभूमि, ज्ञानभूमि, पवित्रभूमीको तद्अनुसारको विकास गर्ने र यहाँका वासिन्दा शिव सन्ततीहरु, यस्तो शिव सन्ततीहरुको उन्नति हुनुपर्यो । समृद्ध नेपाल, सुखी नेपाली हुनुपर्यो । हामीले हलेसी महादेवसँग लिने आर्शिवाद पनि त्यहीँ हो–समृद्ध नेपाल सुखी नेपाली र हामीले गर्ने प्रयास पनि त्यही हो–समृद्ध नेपाल सुखी नेपाली ।

हलेसीलाई २ लाख,गुम्बालाई २ लाख सहयोग
म व्यक्तिगत रुपमा यस मन्दिरको, यस ठाउँको पवित्रतालाई ध्यानमा राखेर, ऐतिहासिकतालाई ध्यानमा राखेर, सभ्यतासँग यसको सम्बन्धलाई ध्यानमा राखेर आफ्नो तर्फबाट २ लाख रुपैया यहाँ भेटी चढाउँछु । गुम्बाका विद्यार्थीहरुको पढाइ पनि राम्रो हुन सकोस्, त्यसका लागि पनि २ लाख रुपैया उहाँहरुलाई पनि अर्पण गर्छु ।

पत्रकारको प्रश्नको सम्बन्धमा
नेकपा एमाले हाम्रो सिंगै देशलाई एउटा पुण्यभुमि मान्छ, देवभूमि मान्छ, अत्यन्तै पवित्रभूमि मान्छ, ध्यानभूमि मान्छ, ज्ञानभूमि मान्छ, तपोभूमि मान्छ । हाम्रो देश नै त्यस्तो हो, त्यसकारण नेकपा एमाले यस प्रांगणमा मात्रै होइन, देशभरी कुनै भागमा जाँदा हिमाली भेगमा जाओस् कि, तराई भेगमा जाओस् कि, पहाडी भेगमा जाओस् कि, नदीका किनारमा होस् कि, तालका किनारामा होस् कि पहाडका टाकुरामा होस् कहीँ पनि झुटो बोल्दैन, सही कुरा बोल्छ । किनभने जनतालाई अल्मल्याउने होइन । जनतालाई सचेत गराउने काम यसको हो । त्यसकारण यसले झुटो कुरा बोल्दैन । कुनै पनि ठाउँमा । त्यसमाथि यस ठाउँमा आएर झुटो बोल्नु पर्ने कुनै आवश्यकता नै छैन, झुटो बोल्नु हुँदैन । हामी यस ठाउँको विकासका लागि मैले अघि नै भनेँ, हामी विकास समिति बनाएर, गुरु योजना बनाएर त्यसलाई अगाडि बढाउन खोजिराखेका छौं । अहिले भर्खरै विशालजीले पनि भन्नु भयो, यहाँ खानेपानीको समस्याको सम्बन्धमा लिफ्टिङ योजनाबाट खानेपानी ल्याउने त्यो काम भइराखेको छ । त्यो पूरा हुने बित्तिकै खानेपानीको समस्या पनि समाधान हुने कुरा स्पस्टै छ ।

मैले धेरै ठाउँमा देखेको छु, हाम्रा गाइडहरुले त्यस ठाउँको, जहाँ भ्रमणकर्ताहरु, पर्यटकहरु आउँछन् अथवा तिर्थालुहरु आउँछन्, जो आउँछन् उनीहरुलाई बहुत राम्ररी त्यस ठाउँको बारेमा कलात्मक र आकर्षक ढंगले यथार्थ बताउनु पर्दछ । त्यसो गर्यो भने मान्छेहरुले त्यस ठाउँको बारेमा बुझ्न पाउँछन् कि त्यस ठाउँको महत्व के हो । यहाँका गाइडहरुले यहाँको पर्याप्त अध्ययन गरेको हुनुपर्दछ, पुस्तकहरु अध्ययन गरेको हुनुपर्दछ । नेपाली भाषामा, अंग्रेजी भाषामा सकिन्छ भने अरु भाषामा बताउनु पर्छ । नेपाली नबुझ्ने छन् भने अंग्रेजी, होइन भने अरु पनि भाषाहरुमा हामीले बताउने कोसिस गर्नुपर्छ । चिनियाँ भाषा होला, जापानी भाषा होला खासगरी यहाँ अरुभन्दा बुद्धमार्गीहरु र हिन्दुहरु बढी भ्रमणमा आउँछन् । त्यसकारण चिनियाँ, जापनीज भाषाहरुमा हलेसी महादेवको बारेमा बताउनु पर्ने हुन्छ । यस मन्दिरको बारेमा, यसको ऐतिहासिकताको बारेमा आदि । यस ठाउँमा समिति बनाउने अथवा प्राधिकरण बनाउने यी कुराहरु कसरी गर्ने भन्ने कुरा विचार गरौला । मुख्य कुरा कसैगरे पनि हुँदैन–मान्छेको नियत ठीक भएन भने । मान्छेको मन ठीक भएन, नियत ठीक भएन भने हलेसी महादेवस्थानबाट पनि ठग्ने प्रवृति निस्कियो भने कसको के लाग्छ र ? त्यसकारण यस ठाउँबाट जब मान्छेले ठग्ने काम छाड्छ र मति सर्पाछ । त्यसपछि सबै ठीक हुन्छ । तसर्थ, यहाँ राम्ररी काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

एमालेको भविष्य उज्ज्वल छ
नेकपा एमालेको भविष्य उज्जवल छ किनभने देश बनाउन एमाले चाहिन्छ । एमालेले देश बनाउने हो । त्यसकारण पूरा निष्ठाका साथ, पूरा इमानका साथ भगवान साक्षि राखेर म भन्न सक्छु–एमालेले जित्नु पर्छ, एमाले सफल हुनुपर्छ । त्यसो गर्यो भने देश सफल हुन्छ, समृद्ध नेपाल हुन्छ, सुखी नेपाली हुन्छ ।
(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलेसी महादेवस्थल खोटाङमा व्यक्त गरेको विचारको सम्पादित अंश)