अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्ली दूतावासबाट चुच्चे नक्शा किन हटाइयो ? : केपी शर्मा ओली

दिल्ली दूतावासबाट चुच्चे नक्शा किन हटाइयो ? : केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्शा हटाइएको आरोप लगाउनु भएको छ ।

आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली दूतावासमा बुच्चे नक्शा राखिएको छ । चुच्चे नक्शा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’

अध्यक्ष ओलीले भन्नुभयो, ‘आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिनुको कारण त चुच्चे नक्शा  हटाउनु पो रहेछ ।’

प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?’

सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि हात बाँधेर बसेको ओलीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब वुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ?’