अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्ध कर्णालीका लागि ६ वटा ‘ब’ आवश्यक:  मुख्यमन्त्री शाही

समृद्ध कर्णालीका लागि ६ वटा ‘ब’ आवश्यक:  मुख्यमन्त्री शाही


वीरेन्द्रनगर – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उहाँले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।  

मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ब ९बाटो, बिजुली, बिचार, वन, बजार र व्यवस्थापन० लाई ध्यान दिन आवश्यक रहेको छ भन्नुभयो । “यहाँका सबै बस्तीमा यी छ ‘ब’ लाई अबलम्वन गर्न नसकेकै कारण कर्णालीको विकास हुन नसकेको हो”, उहाँले भन्नुभयो, ‘यदी कर्णालीका सबै बस्तीमा छ ‘ब’ को अबधारण पु¥याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु पर्ने अवस्था आउँदैन ।”

मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुली, सिँचाइ, सडक, भवन, सरसफाइलगायतका नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने बताउनुभयो । उहाँले कर्णालीको समृद्धि र विकासका लागि सबैले सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।