अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकै दिन चार कार्यक्रममा सहभागी हुँदै एमाले अध्यक्ष ओली, सयौँलाई पार्टी प्रवेश गराउँदै

एकै दिन चार कार्यक्रममा सहभागी हुँदै एमाले अध्यक्ष ओली, सयौँलाई पार्टी प्रवेश गराउँदै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउनु हुने छ ।

काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानु हुनेछ । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उहाँले सम्बोधन गर्नु हुनेछ। उहाँले सयौँलाई एमालेमा स्वागत पनि गर्दै हुनुहुन्छ ।

एमाले प्रवेश गर्नेको लामो सूची तयार भैसकेको छ ।